search

छोरीलाई करणी गरेको आरोपमा पिता पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नै छोरीलाई करणी गरेको आरोपमा एकजना पितालाई पक्राउ गरेको छ ।
साइबर ब्युरो काठमाडौंले गूगल ड्राइभमा सेभ गरी राखिएको भिडियो अनुसन्धान गर्ने क्रममा आफ्नै छोरीलाई करणी गरेको आरोपमा वीरगंज महानगरपालिकाको छपकैयाबाट पितालाई पक्राउ गरिएको जनाएको छ ।
ती पिताले आफ्नै छोरीलाई करणी गरेर सोको भिडियो गूगल ड्राइभमा राखेको इमेल तथा फोनबाट साइबर ब्युरोलाई जानकारी पाएपछि अनुसन्धान गर्ने क्रममा पितालाई पक्राउ गरिएको जनाएको छ ।
चैत २२ गते साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले छपकैयाबाट पितालाई पक्राउ गरी करणी सम्बन्धी कसूर र विद्युतीय इलेक्ट्रोनिक्स तथा कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads