search

अवैध रुपमा सञ्चालित ग्यालेक्सी स्कुलमा महानगरको सिल

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ चैत/ वीरगंज महानगरपालिकाको वडा नं. १० आदर्श टोलमा अवैधरूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा वीरगंज महानगरपालिकाले बुधवार सिलबन्दी गरेको छ । सो विद्यालयले भर्ना भएका विद्यार्थीहरूको अध्ययनमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमतिपत्र नविकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधवार विद्यालयको मुल गेटमा सिलबन्दी गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए । महानगरपालिकाले अनुमति नलिई अवैध रूपले संञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ । नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं संचारकर्मीको सहभागीतामा अवैध रूपमा सञ्चालित उक्त विद्यालयमा सिलबन्दी गरिएको होे ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads