search

लगातार चट्याङ, असिना–वर्षाले बारामा क्षति

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ चैत । करैयामाई गाउँपालिका–८ नरहीदेखि ईटहर जाने सडकमा पर्ने अविनाश कुशवाहाको मकै खेतमा राति ३ः०० बजे चट्याङ खस्दा कृषि मिटर, मोटर, टहरा लगायत कृषि सामग्री जलेर नष्ट भएको छ ।
त्यसैगरी बारागढी गाउँपालिका–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा चट्याङ खस्दा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ। आगलागीमा फर्मको संरचना, सामग्री र कुखुराहरू जलेर पूर्ण रूपमा नष्ट भएको पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माले बताए ।
गएराति २ बजेदेखि वर्षा–असिना र चट्याङ लगातार पर्दा पर्साको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको थियो । लगातार चट्याङ पर्दा प्रशासनले किसान तथा बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads