search

वीरगंज महानगरको नयाँ शैक्षिक क्यालेन्डरमा २३३ दिन विद्यालय खुल्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरूमा एकरूपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । महानगर प्रमुख राजेशमान सिंहले शुक्रवार एक कार्यक्रमकाबीच शैक्षिक क्यालेन्डर सार्वजनिक गर्नु भएको हो ।
क्यालेन्डर अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा २३३ दिन विद्यालय खुल्नेछ । बैशाख ३ गतेबाट शैक्षिक सत्र शुरू भई सोही दिनबाट ८ दिनसम्म विद्यार्थी भर्ना अभियान संचालन हुने छ ।
यस्तै गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन लगायतका कार्यतालिका क्यालेन्डरमा समेटिएको छ ।
त्यस्तै जाडो विदा, अन्तिम मूल्याङ्कन, चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारीका विषयलाई समेत क्यालेन्डरमा समेटिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डर अनुरूप शैक्षिक गतिबिधि संचालन गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्याब्सन, एन–प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका संचालकहरूको सहभागीता रहेको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads