वीरगंज, १२ वैशाख । वीरगंज–२० अपौनीमा आयोजित गढीमाई प्रिमियर लिगको फाइनलमा सुधीर वारियर र ताम्भाश्री वीच शनिवार फाइनल खेल हुने भएको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा ड्रागन आफ साहिबलाई ३ विकेटले सुधीर वारियर पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा ताम्भाश्रीले गढिमाई वारियरलाई ९ विकेटले पराजित गर्दै फाइनलमा ठाउ पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ड्रागनले निर्धारित १६ ओभरको खेल खेल्दै ८ विकेटको क्षतिमा १३३ रन बनायो । १३४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सुधीर वारियरले १५ ओभर १ बलमै ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । उक्त खेलको उत्कृष्ट खेलाडी सुधीर वारियरका अलिराज अन्सारी घोषित भए ।उनले ४ ओभरका २४ रन खर्चेर कुल ३ विकेट लिएका थिए ।त्यसैगरी,दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गढीमाईले १२ ओभरमा अलआउट हुदै मात्रै ८२ रन बनायो । ८३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको ताम्भाश्रीले ९.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । सो खेलको उत्कृष्ट खेलाडी ताम्भाश्रीका अनुज पटेल घोषित भए । उनले ४ ओभरमा ५ विकेट लिएका थिए । शनिवार विहान ८ बजेखि फाइनल खेल खेलाइने कार्यतालिका छ । २५ हजारको पाकेट मनीबाट एउटा टिम खडा गरी यो प्रतियोगितामा कुल ८ टिम सहभागी भएका थिए । फाइनलमा प्रवेश गरेका सुधीर वारियरका मालिक वीरगंजका यूवा नेता सधीर पटेल हुन भने ताम्भाश्रीका मालिक वीरगंज–१५ लक्षुमानवाका विशाल साह हुन । ड्रागनका मालिक वीरगंजका मेयर राजेशमान सिंह,सानोपाइलाका मालिक सानोपाइला संस्था,गढीमाईको मालिक आयोजक जिपिएल,जितपुर ११ का मालिक जितपुरका युवा इम्तियाज अन्सारी, हीरा वारियरका मालिक हरपतगंज बस्ने हीरा अन्सारी र अल्फा एभेन्जरका मालिक वीरगंज नेशनल ट्रेड्रिङ बस्ने विशाल अन्सारी हुन् ।
Facebook Comments Box