search

spot_img
spot_img

खुला सीमाबाट आवतजावत गर्दा परिचयपत्र अनिवार्य

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ वैशाख/
नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको बैठकमा खुला नाकाबाट आवतजावत गर्नेहरूले दुवै देशका सीमा अधिकारीलाई परिचयपत्र देखाउनुपर्ने सहमति भएको छ ।
भारत, बिहारको पश्चिम चम्पारणस्थित तीनलालटेनमा दुई देशका सीमा सुरक्षा अधिकारीहरूबीच भर्खरै सम्पन्न भएको बैठकमा आगामी दिनमा दुवै देशका नागरिकले सीमामा ओहोरदोहोर गर्दा अनिवार्यरूपमा पहिचान खुल्ने परिचयपत्र बोकेर हिंड्नुपर्ने सहमति बनेको स्रोतले जनाएको छ ।
भारतमा आतङ्कवादी क्रियाकलाप बढेको र आतङ्कवादी गतिविधिमाथि निगरानी राख्न खुला सीमा ओहोरदोहोर गर्दा परिचयपत्र बोक्नुपर्ने अवधारणा ल्याइएको हो । आतङ्कवादमा लागेका पाकिस्तानीहरू भारतबाट नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेकाले उनीहरूका गतिविधिलाई नियन्त्रण गर्नका लागि परिचयपत्र अनिवार्य गरिन लागिएको स्रोतले जनाएको छ ।
यसैगरी, बङ्गलादेशी नागरिकहरूको पनि पछिल्लो चरणमा खुला सीमाबाट अवैध आवतजावत बढेकामा परिचयपत्रले नियन्त्रणमा सघाउने सीमा सुरक्षा अधिकारीहरूको ठहर छ । यस अतिरिक्त नेपाल र भारतका नागरिकहरूको पहिचानमा अन्य विदेशी नागरिकहरूले खुला सीमाको अवैध प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्य रहेको सहभागी नेपालका एकजना सुरक्षा अधिकारीले बताए ।
उनले हालका दिनमा सुरक्षाकर्मीहरूलाई खुला सीमाबाट आवतजावत गर्ने संदिग्ध मानिसहरूमाथि निगरानी बढाउन र सुरक्षा व्यवस्था कडा गर्न सहमति भएको बताए । यस अघि हवाई तथा रेल मार्गबाट नेपाल र भारत आवतजावत गर्दा परिचयपत्र अनिवार्य थियो भने सीमासँग टाँसिएको बजारमा आवतजावत गर्दा परिचयपत्र अनिवार्य थिएन ।
भारतको तर्फबाट एसएसबीका ४४ र ४७ बटालियनका प्रहरी अधिकारी तथा नेपालका तर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसी बैठकमा सहभागी थिए । सीमा सुरक्षा अधिकारीहरूको नियमित बैठक आलोपालो नेपाल र भारतमा हुने गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका...

सम्बन्धित खबर

- Advertisement -neelambads