search

spot_img
spot_img

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको हो । २०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका वडा नम्बर–६ श्रीसियाका शंकर प्रसाद महतो चाईका छोरा धर्मेन्द्र प्रसाद चौहानको विवाह पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाकी निषा कुमारी चौहानसँग भएको थियो। विवाहपछि बेहुली बिदाई गर्ने विषयमा दुवै पक्षका आफन्तबीच मनमुटाव भएको थियो। सोही विषयलाई लिएर २०७९ साल वैशाख ९ गते दिउँसो करिब २ बजे पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा दुवै पक्षबीच झै–झगडा भएको थियो । झडपमा बेहुलाका बुवा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए र उपचारका क्रममा २०७९ साल असार ११ गते काठमाडौंको शहीद गंगालाल अस्पतालमा उनको मृत्यु भएको थियो । उक्त घटनामा पीडित पक्षले दिएको किटानी जाहेरी अनुसार संलग्न आरोपितहरूको खोजी भइरहेको थियो । तीन वर्षपछि फरार रहेका सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले २०८२ साल वैशाख २२ गते सतवरियाबाट नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads