search

spot_img
spot_img

रामनगरीको आगलागीमा लाखौंको धनमाल नष्ट

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस,पोखरीया,२८ वैशाख÷
पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा भीषण आगलागी हुँदा तीन परिवारको घरगोठ जलेर नष्ट भएको छ । पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय तुलसी राउत अहिरको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगो, तीव्र गतिमा फैलिँदा तुलसी राउतसहित महिन्द्र यादव र नन्दु रामको घर र भण्डारण गरिएको अन्न जलेको हो । स्थानीयका अनुसार तुलसी राउत अहिरको फुसको घर, अगाडि थन्क्याइएको धानको भकारी र भैंसी बाँध्ने थलो पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा परी एक भैंसीको छाला जलेर घाइते भएको छ । उनको करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, महिन्द्र यादवको फुसको घर र एक थान धानको भकारी जलेर नष्ट भएको छ । उनको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको र नन्दु रामको एक थान धानको भकारी जलेर ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगंजबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads