search

spot_img
spot_img

अतिक्रमण खाली गर्ने विषयमा परवानीपुरमा विवाद

पढ्न छुटाउनुभयो ?

परवानीपुर,२ वैशाख ।
वीरगंज–२१ स्थित परवानीपुर–पटेलनगर सडकखण्डको अतिक्रमण खाली गराउने विषयमा पुनः विवाद सृजना भएको छ । वीरगंज महानगरको नगरप्रहरीको टोलीसहित वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले नागमणी उपाध्याय खेदु मण्डलको घर नजिकको साघुरिएको सडकको वास्तविक चौडाई पत्तालगाई फिल्ड खाली गर्न खोज्दा खेदु मण्डलको परिवारले विरोध जनाएका थिए । केही बेरमा ढुगामढा र झडपको अवस्था आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 

उनीहरुको अनुसार मण्डल परिवारका ८ जना सदस्यलाई नगरप्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कर्यााल्य पर्सालार्य बुझाएपछि अवस्था साम्य भएको बताउँछन् । ढुङगामुढाबाट जेसिबीको सिसा र नगरप्रहरीहरु समेत घाइते भएको बुझिएको छ । पक्राउ परेका ८ जनालाई आइन्दा गल्ती वा झगडा नगर्ने सर्तमा पर्सा प्रहरीले आफन्तजनलाई जिम्मा लगाएको छ । यता, वडा अध्यक्ष रौनियारले पटकपटक सर्वजनिक सूचनालाई अटेरी गरी जग्गा नापजोख गर्ने बहानामा विगत ७ वर्षदेखि सडकको काम हुन नसकेको अब उक्त काममा ढिलाई गर्न नमिल्ने भएकोले बल प्रयोग गरेपनि सडकको साइट क्लियर गराएको बताए ।

आफुले पटकपटक गाली गलौज खाए तर पुरानो नक्सा अनुसार सडको किनारमा अतिक्रमित जग्गा खाली गराईको हो । उनले यस्तो काममा सबैसंग अपिलको अपेक्षा राखेको बताएका छन् । तर जसको घरमा डोजर चलेर घर भत्काइएको छ, मण्डल परिवार आफुहरुसंग ज्यादती भएको बताउँदै केही व्यक्तिको घर बचाउन आफुहरुको जग्गा हडप्न खोजिएको बताएका छन् । साथै,यसको विरुद्धमा न्यायालयको ढोका खटखटाउने स्थानीय सुनिल मण्डलले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads