नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

1200x150_1200x150-01.jpg (1)
पर्सा, २३ जेठ : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्रथामिकतामा दिने भएको छ ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज मधेस प्रदेशसभा बैठकमा आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै नारायण्ी रङ्गशालाको संरचना निर्माणलाई प्रथामिकतामा राखेर सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
नारायणी रङ्गशाला पछिल्लो समय जीर्ण संरचनाका कारणले खेलकुदका गतिविधि ठप्प हुँदै आइरहेको छ । सङ्घीय सरकारले पनि अगामी आवको बजेटमा नारायणी रङ्गशालाको मर्मतसम्भारका लागि रु चार करोड बजेट विनियोजन गरेको छ । रासस

भर्खरै

सम्बन्धित पोस्टहरुः