search

नन्दु राउतको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ, अन्य फरार

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३१ जेठ/

कलैया उपमहानगरपालिका–१४ बघवनमा केटाकेटीको विषयलाई लिएर ५० वर्षीय नन्दुराउत कुर्मीको हत्या भएको छ ।

स्थानीय उमेश जयसवालसहित उनका परिवारजन मिलेर कुर्मीलाई कुटपिट गरेर हत्या गरेको बारा प्रहरीले जनाएको छ ।

केटाकेटीको विवादमा जयसवाल परिवारले जेठ २९ गते साँझ स्थानीय उमेश कलवारको राइस मिलमा काम गर्ने कुर्मीलाई मिलबाट समातेर लगी कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको र त्यहाँका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

घटनाको भोलिपल्ट कुर्मीका परिवारजनले जिल्ला प्रहरी कार्यालय, बारामा उमेश जयसवाल, निजकी पत्नी रञ्जु जयसवाल र छोराहरू अमित, सुमित र सुजित जयसवाल तथा उमेशका मामाको छोरा दिगम्बर जयसवालविरुद्ध किटानी जाहेर दिएका थिए ।

बारा प्रहरी प्रमुख सन्तोष तामाङले दिगम्बरलाई पक्राउ गरेको र अन्य पाँचजना घर छाडी भागेकामा उनीहरूको खोजी कार्य जारी रहेको बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads