search

spot_img
spot_img

एक करोड ८२ लाख मूल्यको भन्सार छलीको सामान बरामद

पढ्न छुटाउनुभयो ?

रौतहट, १ असारः सशस्त्र प्रहरी बल, रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति सन्तोषकुमार बस्नेतले गत फागुन १ देखि जेठ मसान्तसम्ममा सो रकम बराबरको अवैध समान बरामद गरेको राससलाई जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल रौतहटले सोही अवधिमा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन जफत गरेको छ ।
“सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारीका सामान उल्लेख्यमात्रामा बरामद गरेको छ”, रौतहट सशस्त्र प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, “यस अवधिमा एक थान स्कारर्पियो जिप, ५४ वटा मोटरसाइकल र चार थान साइकल र एक थान अटोरिक्सासमेत बरामद गरिएको छ ।”
यसैगरी रु ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस पनि बरामद गर्न सशस्त्र प्रहरी बल सफल भएको छ । रौतहट जिल्लामा सरमजुवा, रामपुर खाप, औरहिया, गौर र बेलविचवा गरी पाँच स्थानमा सीमावर्ती नाकासहित भन्सार कार्यालय रहेको छ ।
सशस्त्र प्रहरी बलका अनुसारपछिल्लो चार महिनामा अर्धस्वचालित पेस्तोल थान एकसहित स्रोत नखुलेको रु १० लाख ६१ नेपाली र छ लाख चार हजार ६४० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
त्यस्तै मानव बेचबिखनको आशङ्कामा रौतहटस्थित सीमावर्ती नाकाबाट १० नेपाली महिलाको उद्धार गरेको सशस्त्र प्रहरीले ५३ किलोग्राम गाँजासमेत बरामद गरेको स्पष्ट गरेको छ । सशस्त्र प्रहरी बल, रौतहत प्रमुख बस्नेतले हेडक्वाटर मातहतका पाँचवटै प्रहरी युनिटलाई अवैध चोरीपैठारी नियन्त्रण र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निर्देशन दिएको बताउनुभयो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads