search

spot_img
spot_img

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असार ६ गते १ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट भारतबाट नेपाल आउँदै गरेका भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल वडा नं.१७ बस्ने वर्ष ५० को प्रभु साहलाई प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको तीन लाख ४६ हजार रकमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । साइकलमा वीरगंज आउदै गरेका साहले भिरेको ब्यागभित्रबाट नेरू. ३ लाख ४६ हजार फेला परेको र सोको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका साहविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोवार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads