search

spot_img
spot_img

चरेससहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ । प्रहरी नायब निरीक्ष्क बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्री बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साइडको सिटमा बुढाथोकीले कालो झोलामा अवैध लागुऔषध चरेससहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपियाँँ भारू गरी १ लाख २३ हजार रुपियाँ बरामद भएको र थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads