search

spot_img
spot_img

लागू औषध विरुद्ध अभियान: बाराका प्रमुख अधिकारीको कडा सन्देश

पढ्न छुटाउनुभयो ?

कलैया — बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले झाडी, मठ–मन्दिर, जीर्ण भवन र प्रयोगविहीन शौचालयजस्ता एकान्तस्थलहरूमा निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। लागु औषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार श्री ३ चन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा, जिल्ला प्रहरी कार्यालय र बारा उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले लागु औषध दुर्व्यसनीहरू यस्ता एकान्त ठाउँमा लुकेर बस्ने भएकाले त्यहाँ निगरानी कडा गर्नु अपरिहार्य रहेको बताए।
उनले भने, “रक्सी सेवन गर्ने खुला रूपमा देखिन्छन्, तर लागु औषध सेवन तथा ओसारपसार गर्नेहरू लुकेर बस्छन्। यो लत सुरुमा सूर्तिबाट सुरु भई अन्ततः ज्यान नै जोखिममा पार्ने स्थितिमा पुर्‍याउँछ।”
‘Drugs End All Dreams’ अभियान अन्तर्गत सहभागीहरूलाई स्वागत गर्दै उनले स्वास्थ्य, सभ्यता र सुरक्षा कायम राख्न आजैबाट सूर्ति, गुट्खा, रक्सी, तम्बाकुजस्ता पदार्थ त्याग्न आह्वान गरे।
सामाजिक संलग्नता र प्रशिक्षण
कार्यक्रममा सहभागीहरूले लागु औषधबाट हुने सामाजिक, मानसिक, शारीरिक र आर्थिक क्षति उल्लेख गर्दै त्यसविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा व्यक्त गरे।
सूर्ति र तम्बाकुजन्य पदार्थसम्बन्धी प्रशिक्षण रबि कुमार भाष्करले, तथा लागु औषधसम्बन्धी प्रशिक्षण जिल्ला प्रहरी कार्यालय बाराका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले दिए।
कार्यक्रममा “स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागू औषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता” भन्ने नारा आत्मसात गर्दै सहभागीहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।
उपस्थित विशिष्ट व्यक्तित्वहरू
कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, सहायक प्रजिअ छविरमण भट्टराई, प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल गण नं. १२ का एसपी खुमबहादुर केसी, सेनानी अशोककुमार क्षेत्री, पूर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह, सरकारी अधिकारी, शिक्षक, विद्यार्थी, संचारकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads