search

spot_img
spot_img

नबिल बैंकद्वारा त्रिजुद्ध माविलाई १० थान पंखा प्रदान

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१३ असार ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नबिल बैंक लिमिटेडले वीरगंज महानगरपालिका–४ स्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम प्राविधिक माध्यमिक विद्यालयलाई १० थान विद्युतीय पंखा हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि कक्षा कोठामा सहज, स्वच्छ र प्रभावकारी शिक्षण वातावरण निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएका यी पंखाहरू विद्यालयका उप–प्रधानाध्यापक बिनोदकुमार स्वर्णकारलाई नबिल बैंकका मधेशप्रदेश प्रमुख सुलभकुमार श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

 

कार्यक्रममा वीरगंज महानगरपालिका –४ का वडा अध्यक्ष जगतसाह कानु प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने नबिल बैंकको तर्फबाट मधेशका ऋण असुली विभाग ईन्चार्ज सन्तोष साह,मधेशका कलस्टर कार्यालयका सञ्जीव पाण्डे, वीरगंज शाखा प्रबन्धक विशेष दैबग्यलगायतको सहभागिता थियो । विद्यालय प्रशासनले नबिल बैंकको यस सहयोगलाई अत्यन्त सराहनीय ठहर गर्दै बैंकप्रति आभार व्यक्त गरेको छ । नबिल बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय पहुँच विस्तारमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेड नेपालकै अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले खुद्रा, कर्पोरेट, सरकारी तथा गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय निकायहरूलाई लक्षित गर्दै सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
देशभर रहेका २६८ शाखा, ३१७ एटीएम, २०,००० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा सब–एजेन्टहरूमार्फत सेवा दिइरहेको बैंकले २०० भन्दा बढी अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य गर्दै आएको छ । यसका लगानी सेवाहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मार्फत प्रदान गरिन्छ । नबिल बैंकको लक्ष्य सबै हितधारकहरूको पहिलो रोजाइको बैंक बन्नु हो।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads