search

spot_img
spot_img

९० लाखको समानसहित दुई ट्रक राजश्व पथलैया पठाइयो

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१३ असार ।
बारा प्रहरीले राजस्व छली भएको अशंकामा ९० लाखको समान लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

 

ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा ती ट्रकहरूलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको र राजश्व छलीको आशंकामा अं.मुल्य रू. ९० लाख ६४ हजार ९ सय ५ रूपैया बराबरको सामानहरू भेटिएपछि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको हो ।

वीरगंजबाट झापा तर्फ जादै गरेको ना ५ ख ३५५९ नं. को कन्टेनर ट्रकमा लोड गरेको ४० लाख बराबरको मेडिकल सामाग्रिहरु,कपडा, ट्यावलेट र अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइएको छ भने जितपुर प्रहरीकै प्रसनि राजन सिवाकोटीको कमाण्डमा खटिएको टोलिले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७३११ नं. को कन्टेनर ट्रकमा लोड गरेको करिब ५० लाख मूल्य बराबरको रेडिमेट कपडाहरु, टायर लगायत अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रहरी उपरीक्षक सन्तोष तमाङ्ले जनाए । दुबै कन्टेनर ट्रकहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको उनले जनाए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads