search

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन। मुख्यमन्त्री सिंहले शनिवार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महŒवपूर्ण चरणको रूपमा वर्णन गरेका छन। उनले भनेका छन्, “तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी लक्ष्यतर्पm अघि बढ्ने मार्ग प्रशस्त गरेको छ। यसले तपाईंहरूलाई अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।” सन्देशमा मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन। उनले शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूबाट योगदानको अपेक्षा व्यक्त गरेका छन। “विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन,” मुख्यमन्त्री सिंहको भनाइ छ, “एसईईको सफलताले तपाईंहरूको आत्मबल थप मजबुत बनोस् र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads