search

नेशनल इन्फोटेकद्वारा रक्तदान कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज २५ असार । नेशनल इन्फोटेक कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले बताएका छन् । नेशनल इन्फोटेक कलेजका प्रशासन प्रमुख काजल सिंहले रक्तदान गरी उदघाटन गरेको कार्यक्रममा २४ जना महिलासहित १६९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता ओम कुमार झा, कलेजका संचालक मनिष सिंह, स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनीका यादव, रबिना खातुन, श्योमनी कुमारीलगायतको सहभागिता थियो । कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र वीरगंजका धिरेन्द्र झा, राजन श्रीवास्तव, बिबेक यादव, समिम अन्सारीले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads