वीरगंज,३० असार । वीरगंज महानगरपालिकामा खानेपानी समस्याबारे बुझ्न कानुन मन्त्री अजय चौरसिया र खानेपानी मन्त्री प्रदिप यादवले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का विभिन्न वडाहरूमा अनुगमन गरेका छन् ।
मन्त्री चौरसियाले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न स्थानहरूमा डिपबोरिङ जडान गरी खानेपानी वितरणको कार्य शुरू गरिएको बताए ।
मन्त्री यादवले वीरगंज महानगरपालिकाको खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४ अर्ब ५० करोडको बजेट छुट्याइएको बताएका छन् । उनले यो आयोजनाबाट शहरभरि व्यवस्थित जल आपूर्तिको पूर्वाधार निर्माण हुने बताए ।
मन्त्री यादवले खानेपानीको समस्या समाधानका लागि आफू कटिबद्ध रहेको र नेपाल खानेपानी संस्थानले समस्याको समाधानमा आवश्यक कदम चालिरहेको बताए ।
उनले तराई–मधेस क्षेत्रको खानेपानी समस्या समाधानका लागि मन्त्रालयको सम्पूर्ण टिम अहोरात्र खटिएको बताए ।
स्थानीय बासिन्दाले तत्काल पानीको समाधानका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box