search

spot_img
spot_img

मालपोत पर्साले गर्यो ४९ विघा जग्गा सरकारको नाममा कायम

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, ३१ असार ।
मालपोत कार्यालय पर्साले चालु आव २०८१–०८२ मा झण्डै ४९ विघाभन्दा बढि जग्गा सरकारको नाममा कायम गरेको छ । मालपोत कार्यालयले दिएको जानकारी अनुसार सरकारी जग्गाको संरक्षण गर्ने उदेश्यका साथ जग्गा पहिचान र खोजतलास गरी सरकारी जग्गाको रुपमा कायम गरी दर्ता गरिएको हो ।

ऐलानी,गौचर,सडक,पोखरी,मठ मन्दिर,सर्वाजनिक संरचनालगायत रहेका ती जग्गाहरु छानबिन गरी सरकारको नाममा कायम गरिएको कार्यालयका सूचना अधिकारी नायब सुब्बा साहेब प्रसादले जानकारी गराए । ४९ विघामा केही जग्गा अतिक्रमणको चपेटामा समेत परेकोले उक्त जग्गा खाली गराउन तर्फ पनि सरोकारवाला निकायको भूमिका आवश्यक रहेको मालपोतका कर्मचारीहरुले बताएका छन् ।

मालपोत विभागलाई लेखिएको जानकारीको पत्रमा पर्साको साबिक बहुअरी पिडरी,विश्रामपुर,जानकीटोला,पिडारी गुठी,महादेवपट्टि,वैरियाविर्ता दापु,गाविसका गरी करिब ३९ विघा र हालको वीरगंज–१६ नगवा,वीरगंज –३१ बेल्वा र वीरगंज–३२ चोर्नीका विभिन्न ठाउँका जग्गाहरु सरकारको नाममा कायम भएको उनले बताए ।

करिब ४९ विघा जग्गामा वीरगंजको नगवाकै करिब ८ विघा,बेल्वा र चोर्नीको ११ विघा र बाँकी ३९ विघा पर्साको अन्य पालिकाको जग्गा सरकारको नामा कायम भएको जनाइएको छ । उक्त जग्गाहरु मध्ये केही विघा जग्गामा व्यक्तिहरुले अतिक्रमण गरी कब्जा गरी विभिन्न भौतिक संरचना समेत बनाएकोले जग्गा खाली गराउनेतर्फ पनि आफुहरु अभियान चलाउने कार्यालयको लक्ष्य रहेको मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत अशोककुमार भट्टराईले जानकारी गराए ।

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सिटी स्क्यान सञ्चालन

वीरगंज, ३० असार । वीरगंजस्थित वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान मेसिन आजदेखि औपचारिक रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads