वीरगंज, ३० असार । वीरगंजस्थित वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान मेसिन आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ मेसिनको स्थापनासँगै बिरामीलाई छिटो, सहज र विश्वसनीय रिपोर्ट उपलब्ध गराउने अस्पतालले लक्ष्य लिएको छ । सिटी स्क्यानले मस्तिष्क, पेट, फोक्सो लगायत शरीरका विविध अंगहरूको परीक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। हस्पिटल व्यवस्थापनले यस कदमलाई स्वास्थ्य सेवाको स्तरीयताको दिशामा महŒवपूर्ण माइलस्टोनका रूपमा लिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यक्रममा हस्पिटलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पूजारीको सहभागीतामा विशेष पूजाआजा कार्यक्रम सम्पन्न भयो।
Facebook Comments Box