search

spot_img
spot_img

गोदामबाटै लागू औषधको ठूलो मात्रा प्रहरीद्वारा बरामद

पढ्न छुटाउनुभयो ?

झापा, २ साउनः प्रहरीले झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको एउटा औषधि गोदामबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा भण्डारण गरिएको लागू औषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले विर्तामोड नगरपालिका–५ स्थित मनकुमार सङ्ग्रौलाको दुर्ईतले घरको भुइँतलामा दुर्ई कोठा भाडामा लिएर लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरेको पाइएको आज पत्रकार सम्मेलनमार्पmत बताउनुभयो । उहाँका अनुसार बरामद भएका लागू औषध तथा प्रतिबन्धित औषधिहरूमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इनजेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० रहेका छन् ।
प्रहरीले बराम सामग्रीसँगै पक्राउ परेका एकजना अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । “प्रहरी टोलीले सूचना पाएको आधारमा भाडाको कोठामा पुगेर हेर्दा ठूलो मात्रामा लागू औषध र प्रतिबन्धित औषधि फेला पारेको हो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसारपसार र वितरण कसुरमा आजै मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।”
प्रहरीले एउटा मोटरसाइकल र दुर्ई थान मोबाइलसमेत बरामद गरेर नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएका प्रतिबन्धित औषधिको कारबाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको र विभागले नै थप कानुनी कारबाही अघि बढाउने श्रेष्ठले बताउनुभयो । यस आपराधिक घटनामा अरू को को संलग्न रहेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै उहाँले दोषीमाथि कानुनी कारबाहीमा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।
स्थानीयले लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् । अभियुक्तहरूले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान गरिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव

धरान, २ साउनः खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच...

सम्बन्धित खबर

- Advertisement -neelambads