search

spot_img
spot_img

करेन्ट लागेर दुईजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय जाहिर अन्सारीको मृत्यु भएको छ । घर अगाडि आफ्नो ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा अन्सारीलाई करेन्ट लागेको थियो । तत्कालै वीरगंज–१५ स्थित तराई हस्पिटलमा उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । अन्सारीको शव नारायणी अस्पतालमा पोस्टमार्टम गरेर दाहसंस्कारका लागि उनको बुबाको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । यसैगरी रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ। मृत्यु हुनेमा कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवान रहेका छन। मंगलवार दिउँसो आफ्नै खेतमा सिंचाइका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। घाइते देवानलाई तत्कालै गरूडा स्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुर्याइएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेश सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, ७ साउनः मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा...

सम्बन्धित खबर

- Advertisement -neelambads