search

गर्मीमा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

झापा, ८ साउनः अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।
शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उहाँले बताउनुभयो । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आउनुभएको थियो ।
यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आउनुभएको थियो । उहाँको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
“मृत भेटिनुभएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भन्नुभयो, “घटनाको थप अनुसन्धान भइरहेको छ ।”
केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको उहाँले बताउनुभयो । शिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो । रासस
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads