search

श्रीसिया नदी प्रदूषण नियन्त्रणका लागि छलफल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन । वीरगंज महानगरपालिकाको आयोजनामा श्रीसिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि बिहीवार छलफल भएको छ। नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको छलफलमा खानेपानी मन्त्री प्रदीप यादवले नदी संरक्षण तथा प्रदूषण न्यूनीकरण गर्ने बताए । उनले श्रीसिया नदीको प्रदूषण समस्यालाई तत्काल नियन्त्रण गर्न र दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा खानेपानी मन्त्रालयको सहलगानीमा आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण भइरहेको मन्त्री यादवले जानकारी दिए । मन्त्रालयबाट दीर्घकालीन योजना तयार पार्दै नदी संरक्षणका लागि अविलम्ब कार्यान्वयन शुरू गरिने बताए । नगरप्रमुख सिंहले वीरगंज महानगरपालिकाले प्रदूषण नियन्त्रणका प्रस्तावहरू तयारी अवस्थामा रहेको बताए । उनले संघीय सरकारसँग आवश्यक समन्वय र समर्थनको अपेक्षा गरे। कार्यक्रममा सरोकारवाला निकाय, वातावरणविद्, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका अगुवा व्यक्तिहरूको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads