search

पर्सामा २२ ओभरहेड टयांकीमध्ये ५ वटा मात्र सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन । जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले पर्सा जिल्लामा २२ ओभरहेड ट्यांकी रहेकोमा त्यसमध्ये ५ वटामात्रै सञ्चालनमा रहेको बताएका छन् । सुक्खा र संकटग्रस्त मधेसको समस्या बुझ्न संघ सरकारले पठाएको अनुगमन टोलीले बिहीवार वीरगंजमा सरोकारवालाहरुसँग आयोजना गरेको छलफल कार्यक्रममा उनले पर्सागढी र पटेर्वासुगौली गाउँपालिका बाहेक अन्य १२ पालिकामा खानेपानी र कृषि सिंचाइको विकराल अवस्था रहेको जानकारी बताए । उनले गण्डक नहरको छेउका आधा दर्जन पालिकामा रोपाइँ भए पनि अन्य पालिकामा सहज ढंगले नभएको बताए । खडेरीले धानका बेर्ना सुकेको र खेतमा धाँजा फाट्न थालेको जानकारी गराए । छलफलमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले मधेसमा खडेरी र सुख्खाको समस्या भएको भन्दै ओवरहेड ट्यांकी निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए। बारा जिल्लाको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले गण्डक नहरमा चैते धानबालीका लागि पनि भारतसँग पानी लिनु पर्ने सुझाव दिए । उनले गण्डक नहरको संरचना सुधारमा पनि जोड दिए । गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सुशील आचार्य नेतृत्वको टोलीले बिहीवार पर्सा र बाराका सरोकारवालाहरूसँग छलफल गरेको हो । काठमाडौंबाट आएको अनुगमन टोलीका संयोजक तथा सहसचिव आचार्यले अधुरा खानेपानी तथा सिंचाइ आयोजनाहरू सञ्चालन हुनुपर्ने, ट्युवेलहरू पनि सञ्चालन हुनुपर्ने, गण्डक नहरमा पानी आउने तालिकामा परिवर्तन हुनुपर्ने, चुरे संरक्षण र चुरे क्षेत्रमा ठूला तलाउहरू निर्माण गरिनुपर्ने, विद्युत भोल्टेजको खराब अवस्थामा सुधार हुनु पर्ने जस्ता सुझावहरू आएको र सुझाव सङ्कलन गरी सात दिनभित्र अनुगमन टोलीले प्रतिवेदन सरकारलाई बुझाउने बताए । अनुगमन टोलीमा सिंचाइ व्यवस्थापन महाशाखाका उपनिर्देशक बासु तिमल्सेना, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञजेल, खानेपानी विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठ लगायतका सहभागी थिए ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads