search

मानसिक रूपमा कमजोर व्यक्तिको उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज १३ साउन । मानवसेवा आश्रम वीरगंजले मंगलवार वीरगंजको पावर हाउस चोकबाट एकजना मानसिक अवस्था कमजोर पुरूषको उद्धार गरेको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने ३५ वर्षीय सो व्यक्तिको उद्धार गरी मानवसेवा आश्रम वीरगंजमा लगिएको थियो । व्यक्तिको सरसफाइ गरी डा. भरत गोइतको निगरानीमा औषधि उपचार प्रक्रिया अगाडि बढाइएको मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले जनाए । सामाजिक अभियन्ता प्रकाश थारू, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादवलगायतले सो पुरुषको उद्धार गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

वीरगंजको भाटभटेनीले गल्ती गरेको स्वीकार्यो

परवानीपुर,१९ कार्तिक । वीरगंजको भाटभटेनी सुपर मार्केक स्टोरले गल्ती भएको स्वीकार गरेको छ । केही दिन अघि वीरगंज–१४ गण्डकस्थित सञ्चालित...

सम्बन्धित खबर

- Advertisement -neelambads