search

spot_img
spot_img

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौता सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १९ साउन । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि ऐतिहासिक सफलता हात पारेको छ। सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासङ्घ र गुठी संस्थानबीच जनकपुरधामको चार कठ्ठा गुठी जग्गा लिजमा प्राप्त गर्न औपचारिक सम्झौता सम्पन्न भयो।
सम्झौताअनुसार जनकपुरधामको मुटुमा अवस्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासङ्घले भवन निर्माण गर्नेछ।
सम्झौतापछि आयोजित संक्षिप्त समारोहमा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले गुठी संस्थानप्रति आभार प्रकट गर्दै यस सम्झौताले प्रदेशस्तरीय पत्रकारिता पूर्वाधार निर्माणमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे।
समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रिय लेखा समिति अध्यक्ष केसी लामिछाने, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, मधेश प्रदेश समितिका सचिव शैलेन्द्र क्रान्ती, सदस्य अजय साह, गुठी संस्थानका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो सम्झौतासँगै नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले दीर्घकालीन स्थायी पूर्वाधार विकासमार्फत पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने दिशामा ठोस कदम चालेको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईमा भक्तजनको घुइँचो

वीरगञ्ज ६ असोज । नेपालको प्रमुख सांस्कृतिक पर्वमध्ये एक बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई...

सम्बन्धित खबर

- Advertisement -neelambads