भोटेकोशी बाढीपीडित परिवारको घरमा पुगे मेयर सिंह

1200x150_1200x150-01.jpg (1)

वीरगंज असोज १० –

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेट्नुभएको छ।

भदौ १० गते आएको बाढीमा परी कुहडी गाउँका २९ वर्षीय सागर कर्ण र २८ वर्षीय मुन्ना अंसारी बेपत्ता भएका छन्। दुवै जना ट्रक चालक हुन्। रसुवा भन्सारबाट सामान लिएर फर्कने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको परिवारले जनाएको छ।

नगर प्रमुख सिंहले बेपत्ता परिवारका सदस्यसँग भेट गरी घटनाको अवस्था र उनीहरूले भोगिरहेको समस्याबारे जानकारी लिनुभएको थियो। उहाँले विपद्का कारण पीडामा रहेका परिवारलाई महानगरपालिकाको साथ र सहयोग रहने बताउनुभयो।

यसअघि पनि मेयर सिंहले वीरगंज–२२ जगरनाथपुरका एउटै टोलबाट बेपत्ता भएका ६ जना तथा वडा नम्बर ८ का बेपत्ता व्यक्तिका परिवारसँग भेट गरी अवस्थाबारे जानकारी लिनुभएको थियो।

बाढीमा वीरगंजका विभिन्न वडाका नागरिक बेपत्ता भएपछि महानगरपालिकाले प्रभावित परिवारसँग समन्वय गर्दै आवश्यक सहयोगका लागि पहल गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः