एनपीएलमा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै, लुम्बिनीले रोज्यो बलिङ

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ९ —

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जित्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आफ्नो टोली पहिले ब्याटिङ गर्न तयार रहेको बताएका छन्।

गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक उद्घाटन खेलमै आमनेसामने भएका हुन्। लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम उपविजेता टोली हो।

सम्बन्धित पोस्टहरुः