भारतको गुवाहाटीमा होटल विवादले उग्र रूप लिँदा गोलीकाण्ड, ५ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १० —

भारतको आसाम राज्यस्थित गुवाहाटीमा होटल सञ्चालनसम्बन्धी विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित ‘होटल बिलास इन’ मा होटल मालिक र भाडामा सञ्चालन गर्ने व्यक्तिबीच विवाद हुँदा गोली चलेको भारतीय प्रहरीले जनाएको छ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा ६ जना घाइते भएका थिए। तीमध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाको अवस्था गम्भीर छ।

घटनालगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोलीकाण्डमा प्रयोग भएको लाइसेन्सप्राप्त .३२ बोरको पेस्तोलसमेत बरामद गरिएको छ।

घटना आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा भएको हो। घटनाको वास्तविक कारण र संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः