प्रधानमन्त्री शाहले गरे एनपीएलको तेस्रो संस्करण उद्घाटन

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ९ —

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ। लुम्बिनीले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ।

यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

पहिलोपटक डीआरएस प्रविधिको प्रयोग, आईसीसीको आधिकारिक मान्यता तथा चर्चित विदेशी खेलाडीको सहभागिताले यसपटकको एनपीएललाई थप आकर्षक बनाएको छ।

आठ टोली सहभागी प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित पोस्टहरुः