भारतमा सरकारी कर्मचारीको महँगी भत्ता बढ्यो, अब ६३ प्रतिशत पुग्यो

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक १२ —

भारत सरकारले सरकारी कर्मचारी तथा पेन्सनधारीहरूको महँगी भत्ता ३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महँगी भत्ता ६० प्रतिशतबाट बढाएर ६३ प्रतिशत पुर्‍याउने निर्णय गरेको हो। नयाँ दर सन् २०२६ जुलाई १ देखि लागू हुने जनाइएको छ।

निर्णयअनुसार कर्मचारीहरूले जुलाई, अगस्ट र सेप्टेम्बर महिनाको बढेको भत्ताबापतको बक्यौता रकमसमेत प्राप्त गर्नेछन्।

महँगी भत्ता कर्मचारीको आधारभूत तलबका आधारमा गणना गरिनेछ। उदाहरणका लागि ५६ हजार १०० भारतीय रुपैयाँ आधारभूत तलब भएका कर्मचारीको मासिक भत्तामा एक हजार ६८३ रुपैयाँ वृद्धि हुनेछ।

यस निर्णयबाट भारत सरकारलाई करिब १० हजार करोड भारतीय रुपैयाँ अतिरिक्त आर्थिक भार पर्ने अनुमान गरिएको छ।

भारत सरकारले वर्षमा दुईपटक महँगी भत्ता पुनरावलोकन गर्दै आएको छ। यसअघि अप्रिलमा २ प्रतिशत वृद्धि गरिएको थियो। यससँगै सन् २०२६ मा महँगी भत्ता कुल ५ प्रतिशत बिन्दुले बढेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः