विराटनगर,१४ कात्तिक : भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २५ लाख रुपैयाँ बराबरको सयपत्री फूलको तयारी माला सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले शनिबार उक्त माला नियन्त्रणमा लिएको हो। भारतबाट अवैध रूपमा भित्र्याई कुनै पनि बिलबिजकबिना ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको अवस्थामा माला बरामद गरिको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको सयपत्री फूलको तयारी मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको माला आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बल, नेपाल नंबर ३ गण हेडक्वार्टर कंकालिनीमा राखिएको छ।







