बारा,१४ कात्तिक :जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का केन्द्रिय कार्यकारीणी सदस्य तथा बाराका पूर्व सांसद रामबाबु कुमार यादवले बाराको फेटामा शनिबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै पूर्व सांसद यादवले फेटामा भएको घट्नाले मधेस र मधेसी जनता प्रति सरकार र गृह प्रशासनको बर्बरता दोहोरएिको बताएका छन् । मधेसी जनताप्रति सरकारको दमनकारी र विभेदपूर्ण रवैया पटक पटक देखिँदै आएको भन्दै उनले पटक पटक प्रहरीको गोलीबाट मधेसमा जनता मारिनु र अंगभंग हुने गरी गम्भीर घाइते बनाईनु निन्दनीय भएको बताएका छन् ।
उनले फेटा घटनाले वर्तमान सरकारको सुशासनको ढोंगको पर्दाफास भएको पनि बताएका छन् । रास्वपा सांसदको अधुरो अस्पताल उद्घाटनको मोहले गोली चल्नु,तोडफोड तथा आगजनी हुनुले वर्तमान सरकार शान्तिसुरक्षा कायम गर्न असमर्थ रहेको पुष्टि भएको पनि बताएका छन् ।






