चीन , मङ्सिर ३-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको दक्षिणी सहर सेन्जेन पुगेका छन्। एपेक शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ट्रम्पले आज चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बैठकमा आणविक हतियार नियन्त्रण, रुस–युक्रेन युद्ध, अमेरिका–इरान तनाव, व्यापार र प्रविधि प्रतिस्पर्धाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि ट्रम्पलाई स्वागत गर्न चिनियाँ राष्ट्रपति सी आफैँ विमानस्थल पुगेका थिए। राष्ट्रपतिको कार्यकालमा सीले विदेशी नेताको स्वागतका लागि विमानस्थल पुगेको यो पहिलो पटक भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ट्रम्प र पुटिनबीच छुट्टै भेटवार्ताको तयारीसमेत भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। तीन ठूला शक्ति राष्ट्रका नेताबीच हुन लागेको सम्भावित छलफललाई विश्व राजनीति र सुरक्षा व्यवस्थाका दृष्टिले चासोका साथ हेरिएको छ।






