प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर २ –

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए। राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन्।

उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेको जानकारी दिएका छन्।

भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः