काठमाण्डौको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर २ –

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै उनले आफूले हासिल गरेको ज्ञान, सीप र अनुभव काठमाडौंको विकास, सुशासन तथा रूपान्तरणमा उपयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।

गत वैशाख ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी श्रेष्ठले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे खुलाएकी छैनन्।

रास्वपाबाट समानुपातिक सांसद निर्वाचित श्रेष्ठ २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी थिइन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः