वीरगंजका दुई सिँचाइ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

1200x150_1200x150-01.jpg (1)

लवीरगंज , मंसिर २ –

जलस्रोत तथा सिँचाइ विकास डिभिजन वीरगंजका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्रप्रसाद जयसवाल र बिकी यादवविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पर्साको ठोरी गाउँपालिका–३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भार योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गरिदिने भन्दै सेवाग्राहीसँग तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको उनीहरूमाथि आरोप छ।

अख्तियारले दुवै जनाविरुद्ध तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः