वीरगंज भन्सारको राजस्व लक्ष्यभन्दा १५ करोड बढी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, मंसिर ३ –

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ।

कार्यालयका अनुसार कात्तिकमा १७ अर्ब ६४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व उठेको छ।

पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा र खाद्यान्नको आयातबाट बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको छ। वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन भइसकेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः