मधेसमा मृत्यु भोजको बोझ : आफन्त गुमाएको पीडामाथि ऋणको भारी

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १० —

मधेसमा मृत्यु संस्कारका नाममा गरिने भोज खर्चिलो बन्दै जाँदा विपन्न परिवार आर्थिक समस्यामा पर्ने गरेका छन्। आफन्त गुमाएको पीडासँगै सामाजिक दबाबका कारण ऋण लिएर भोज गर्नुपर्ने बाध्यता अझै कायम छ।

जाति र समुदायअनुसार मृत्यु भएको १३ दिनभित्र तीनदेखि पाँच पटकसम्म भोज गर्ने चलन छ। कतिपय स्थानमा प्रतिष्ठा र प्रतिस्पर्धाका कारण ठूलो भोज आयोजना गर्ने प्रवृत्तिसमेत बढेको छ।

पूर्वशिक्षामन्त्री रेणु यादवले ऋण लिएर बाध्यतामा गरिने मृत्यु भोज संस्कृतिका नाममा विकृति भएको बताएकी छन्। उनले यस्तो प्रथाको अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गरिन्।

सप्तरीको राजविराज नगरपालिका–१ की दुर्गादेवी रजकले सासुको निधनपछि सामाजिक दबाबमा भोज गर्न तीन लाख रुपैयाँ ऋण लिनुपरेको बताएकी छन्। ब्याज तिर्दै आए पनि मूल ऋण अझै चुक्ता गर्न नसकेको उनको गुनासो छ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले मृत्यु भोजमा हुने अनावश्यक खर्च शिक्षा र विपन्न परिवारको जीविकोपार्जनमा लगानी गर्नुपर्ने धारणा राखेका छन्।

नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले पनि मृत्यु भोजकै कारण सयौँ परिवार ऋणको चपेटामा पर्ने गरेको भन्दै सामाजिक दबाबमा गरिने खर्चिलो भोज निरुत्साहित गर्नुपर्ने बताएका छन्।

सम्बन्धित पोस्टहरुः