एनपीएलमा चितवनको रोमाञ्चक जित, विराटनगर ८ रनले स्तब्ध

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १० —

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ। चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रन बनाउँदै अलआउट भयो।

विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। जिततर्फ अघि बढिरहेको विराटनगरले अन्तिम पाँच विकेट मात्र १७ रन जोड्दा गुमाएपछि हार बेहोर्नुपर्‍यो।

चितवनका कमल ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने रिजन ढकालले २ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए।

अब आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

सम्बन्धित पोस्टहरुः