हाटबजार ठेक्कामा अनियमितताको आरोप,  पूर्वमेयरसहित सात जनाविरुद्ध मुद्दा

1200x150_1200x150-01.jpg (1)

सिरहा , कार्तिक १० —

सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

हाटबजार ठेक्कामा एक करोड ६० लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा तत्कालीन उपप्रमुख रेशमकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादवलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले तत्कालीन मेयर तेलीसहित पाँच जनासँग जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरेको छ।

त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो माग गरिएको छ।

नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा आर्थिक अनियमितता भएको अख्तियारको आरोप छ।

सम्बन्धित पोस्टहरुः