इजरायलमा बहुमत नपुगेपछि नेतन्याहुद्वारा चुनावमा धाँधली भएको आरोप

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक १२ —

इजरायलको संसदीय निर्वाचनमा ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको गठबन्धनले बहुमत हासिल गर्न सकेको छैन।

मतगणनाको प्रारम्भिक परिणामअनुसार नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट, प्रतिद्वन्द्वी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट र अरब पार्टीहरूको गठबन्धनले १९ सिट प्राप्त गरेका छन्।

बहुमत नपुगेपछि नेतन्याहुले अरब पार्टीहरूमाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले मत चोरी, धम्की, हिंसा र प्रतिबन्धित सफ्टवेयर प्रयोग भएको दाबी गरेका हुन्।

उनले चुनावी अनियमिततासम्बन्धी प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय र निर्वाचन समितिमा बुझाइरहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धान तथा दोषीमाथि कारबाहीको माग गरेका छन्। यद्यपि उनका आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

इजरायलको १२० सदस्यीय संसद्‌मा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। हालसम्मको मतगणनाअनुसार कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत प्राप्त गर्न सकेको छैन।

भर्खरै

सम्बन्धित पोस्टहरुः