एजेन्सी , कार्तिक १२ —
स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।
म्याड्रिड–सेभिया रेलमार्गअन्तर्गत उर्दा क्षेत्र नजिक बुधबार बिहान करिब ८ बजेर ५४ मिनेटमा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेल परेका हुन्।
ठक्करपछि एउटा रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
घटनापछि उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र फरेन्सिक अनुसन्धान टोली परिचालन गरिएको छ। दुर्घटनाका कारण म्याड्रिड र आन्दालुसियाबीचको उच्च गतिको रेल सेवा स्थगित गरिएको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसहित विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।






