७ वर्षीय साकेत धानखेतमा मृत फेला

1200x150_1200x150-01.jpg (1)

नकपुरधाम,१४ कात्तिकः धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ देवडिहाबाट १० दिनदेखि बेपत्ता भएका एक बालक मृत फेला परेका छन् । देवडिहाका अजय झाका छोरा ७ वर्षीय साकेत झाको शव शनिबार गाउँबाट करिब २ किलोमिटर टाढा धानखेतमा फेला परेको हो ।

साकेत गत कार्तिक ४ गते विजयादशमीको दिन घरबाट निस्किएपछि बेपत्ता भएका थिए । त्यसयता परिवारजन र प्रहरीले उनको खोजी गरिरहेका थिए । प्रहरीले आसपासका गाउँ, पोखरी तथा झाडीहरूमा समेत खोजतलास गरेको थियो ।

बालक साकेतको शव निकै बिभत्स अवस्थामा फेला परेको बताइएको छ । शवको अवस्था हेर्दा जनावरले शरीरका केही भाग खाएको हुनसक्ने आशङ्का गरिएको छ । उनको एउटा खुट्टाको आधा भाग चपाइएको र अनुहारको कंकालसमेत देखिने अवस्थामा शव फेला परेको जनाइएको छ ।

शव फेला परेपछि प्रहरी घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः