वैदेशिक रोजगारी ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर ३ –

वैदेशिक रोजगारीका नाममा श्रमिकलाई ठगी गरेको र एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई पक्राउ गरेको हो।

नेपाल र मलेसियाबीचको श्रम सम्झौताविपरीत श्रमिकबाट गैरकानुनी रूपमा असुलिएको रकम मलेसिया पठाउने निर्णय गरेको उनीहरूमाथि आरोप छ। यसबाट एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको सीआईबीको दाबी छ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर ज.व.रा.ले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः