मधेशमा ५० अर्बभन्दा बढी बजेट छुट्याइएको मन्त्रीको दाबी

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , मङ्सिर ३ –

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेश प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरेको बताएका छन्।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडक निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए।

खानेपानी र पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आगामी दिनमा मधेशको विकासका लागि बजेट थप्दै लैजाने प्रतिबद्धता जनाए।

मधेशमा श्रमिकको सङ्ख्या बढी रहेकाले न्यायोचित पारिश्रमिक उपलब्ध गराउन दैनिक ज्यालासमेत वृद्धि गरिएको मन्त्री लम्सालले बताए।

भर्खरै

सम्बन्धित पोस्टहरुः