माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य जारी

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १९ –

बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा नेपाली सेनाले टनेलको मुखबाट करिब १५ फिटभित्रसम्मको माटो तथा भग्नावशेष हटाएर प्रवेश गर्न सफल भएको छ। थप भित्र जाने प्रयास जारी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

जमेको पानीलाई दिनरात निरन्तर काम गरी निकास दिने व्यवस्था गरिएको छ। खोज तथा उद्धारका लागि आवश्यक सामग्री र खाद्यान्नको अभाव हुन नदिन बजेट, सामग्री प्राप्ति, खर्च तथा अभिलेख व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ।

सम्पर्कमा नआएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारसँग समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ। केही आफन्तलाई क्षतिग्रस्त पावरहाउस साइटसम्म पुग्ने व्यवस्था पनि मिलाइएको प्राधिकरणले जनाएको छ।

गत भदौ १० गते त्रिशूली र भोटेकोशीमा आएको बाढीबाट प्राधिकरणका संरचनामा ठूलो क्षति भएपछि खोज तथा उद्धारसँगै विद्युत् आपूर्ति सुचारु गर्ने कामलाई प्राथमिकता दिइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः